दफा
अनुमतिपत्र लिनुपर्ने
(१) ऐनको दफा १० को उपदफा

(१) बमोजिम अनुमतिपत्रको लागि निवेदन दिन चाहने सङ्गठित संस्थाले मन्त्रालयले तोकेको अधिकारी समक्ष अनुसूची-१ बमोजिमको ढाँचामा अनुसूची-२ बमोजिमको दस्तुर संलग्न गरी निवेदन दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम: निवेदन दिँदा देहायका विवरण तथा कागजात पेस गर्नु पर्नेछ:-

(क) सङ्गठित संस्थाको दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर र करचुक्ता प्रमाणपत्रको प्रतिलिपि,

(ख) आयोजनाको विवरण,

(ग) जनशक्तिको विवरण,

(घ) सम्भाव्यता अध्ययन प्रतिवेदन,

(ङ) आवश्यक वित्तीय स्रोतको विवरण,

(च) आयोजनाको लागि स्थायी वा अस्थायी तवरबाट चाहिने जग्गाको कुल क्षेत्रफल,

(छ) - सर्वेक्षण सम्पन्न भएका आयोजनाको हकमा वातावरणीय अध्ययन प्रतिवेदन,

(ज) लाभग्राहीको विवरण,

(झ) पानीको थोक खरिद बिक्री र निर्यात तथा व्यापार गर्ने भए सो को विवरण,

(ज) मन्त्रालयले तोकेको अधिकारीले सार्वजनिक सूचना प्रकाशन गरी निर्धारण गरेका अन्य आवश्यक विवरण |

(३) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि मन्त्रालयले तोकेको अधिकारीले त्यस सम्बन्धमा आवश्यक जाँचबुझ गरी थप कागजात आवश्यक पर्ने भएमा वा कुनै विषयमा थप स्पष्ट गर्नु पर्ने देखिएमा निवेदन प्राप्त भएको मितिले पन्ध्र दिनभित्र ऐनको दफा १० को उपदफा (३) बमोजिमको समय दिई सोको सूचना.निवेदकलाई दिनु पर्नेछ।

(४) उपनियम (१) बमोजिम प्राप्त निवेदनको सम्बन्धमा मन्त्रालयले तोकेको अधिकारीले सार्वजनिक जानकारीको लागि पन्ध्र दिनको समय दिई सो विषयको जानकारी आफ्नो सूचना पाटी र वेबसाइटमा प्रकाशन गर्नु पर्नेछ।

(५) उपनियम (४) बमोजिम सार्वजनिक गरेको सूचनामा कुनै उजुरी प्राप्त भएमा त्यस्तो उजुरीलाई समेत मध्यनजर गरी निवेदकको प्राविधिक योग्यता र आर्थिक क्षमतालाई आधार मानी मन्त्रालयले तोकेको अधिकारीले जाँचबुझ गर्नु पर्नेछ।

(६) उपनियम (५) बमोजिम जाँचबुझ गर्दा निवेदकलाई अनुमतिपत्र दिन उपयुक्त देखिएमा मन्त्रालयले तोकेको अधिकारीले निवेदन प्राप्त गरेको नब्बे दिन भित्र अनुसूची-३ बमोजिमको ढाँचामा अनुमतिपत्र दिनु पर्नेछ।

(७) उपनियम (६) बमोजिम प्रदान गरेको अनुमतिपत्रको विवरण विभाग तथा सम्बन्धित प्रदेश र स्थानीय तहलाई र प्रदेश तथा स्थानीय तहले प्रदान गरेको अनुमतिपत्रको विवरण विभागलाई अनुसूची-४ बमोजिमको ढाँचामा तीस दिनभित्र दिनु पर्नेछ।

(८) ऐनको दफा ११ को उपदफा (२) बमोजिमको अवधि भित्र अनुमतिपत्र लिन बाँकी रहेका सङ्गठित संस्थाले यो नियमावली प्रारम्भ भएको मितिले एक वर्ष भित्र यस नियम बमोजिम अनुमतिपत्र लिनु पर्नेछ।

(९) यो नियम, नियम ५ र नियम ६ बमोजिम एउटै सेवा क्षेत्रमा एक भन्दा बढी सङ्गठित संस्थाले एउटै कामको लागि अनुमतिपत्रको लागि निवेदन. दिएमा सेवा उपलव्ध गराउन चाहेको सेवा क्षेत्रको- आकार, कुल लाभान्वित जनसङ्ख्या, अनुमानित लागत, सेवाको स्तर र समाजिक दायित्व पूरा गर्ने सम्बन्धमा प्रस्तावित व्यवस्थालाई आधार मानी अनुमतिपत्र प्रदान गर्ने अधिकारीले उपयुक्त सङ्गठित संस्था छनौट गर्नु पर्नेछ।

(१०) ऐन तथा- यस नियम बमोजिम खानेपानीको स्रोत उपयोगको अनुमतिपत्र दिँदा खानेपानीको स्रोत रहेको सम्बन्धित स्थानीय 'तहसँग आवश्यक समन्वय गर्नु पर्नेछ।